ज्ञानेन्द्रले अध्यक्षमा भिड्ने तयारी गरेपछि राप्रपाको समीकरण रोचक, विक्रम पाण्डेको साथ कति ?
shilapatra.com · Wed Jul 01 16:02:44 GMT 2026

राष्टिय प्रजातन्त्र पार्टी (राप्रपा)ले आउँदो मंसिरमा महाधिवेशन गर्दै छ । अध्यक्ष राजेन्द्र लिङ्देनले अध्यक्षमा दोहोरिने औपचारिक घोषणा नगरे पनि नेतृत्वका लागि रस्साकस्सी भने सुरु भइसकेको छ । अध्यक्ष लिङ्देनलाई हटाउन केन्द्रीय समिति नै भंग गर्ने पूर्वअध्यक्षहरूले पहल गरेपछि राप्रपाभित्र थप रस्साकस्सी बढेको हो । त्यसमाथि अध्यक्षका लागि राप्रपाका सांसद ज्ञानेन्द्रबहादुर शाहीले समेत दाबी गरेपछि रोचक हुन थालेको छ ।
राप्रपाका तीन जना पूर्वअध्यक्ष कमल थापा, पशुपतिशमशेर राणा र प्रकाशचन्द्र लोहनी अहिलेका अध्यक्ष लिङ्नेनलाई बिदा गर्न चाहिरहेका छन् । त्यसैका लागि उनीहरूले केन्द्रीय समिति भंग गरेर स्टेरिङ समिति बनाउने प्रस्ताव गरेका थिए । त्यसमा अध्यक्ष लिङ्देन सहमत देखिएका छैनन् । त्यसैले, यो विवाद पार्टीमा चर्किन थालेको थियो । त्यही बेलामा शाहीले अध्यक्षमा प्रतिस्पर्धा गर्ने अभियान चलाएका हुन् । त्यसले गर्दा राप्रपाभित्रको समीकरण नै फेरबदल हुने संकेतहरू देखिएका छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (shilapatra.com)