पोखरा बसपार्कका सुकुम्बासीको पहिचान, अर्को सातादेखि स्थानान्तरण प्रक्रिया सुरु हुने
ratopati.com · Mon Aug 24 17:19:17 GMT 2026

पोखरा । पोखरा बसपार्क क्षेत्रमा बसोबास गरिरहेका भूमिहीन सुकुम्बासी, भूमिहीन दलित तथा अव्यवस्थित बसोबासीहरूको पहिचान टुङ्गिएको छ । पोखरा महानगरपालिकाले आफ्नो मातहतको निकायबाट उनीहरूको पहिचान र प्रमाणीकरण सकेर अन्तिम विवरण सार्वजनिक गरेको हो ।
वडा तहको सहजीकरण समितिले दाबी विरोध पछि आवश्यक छानबिन गरेर विवरण निकालेको हो । वडाले उक्त विवरण महानगरमा पठाउने निर्णय गरेको हो । यसअघि पोखरा बसपार्क क्षेत्रबाट भूमिहीन दलित २ सय जना, भूमिहीन सुकुम्बासी २ सय ४८ र अव्यवस्थित बसोबासी १ सय १६ गरी प्रारम्भिक विवरण तयार गरिएको थियो ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)