विद्यार्थीलाई इन्टर्नशिप खोजिदिने नेपाली डिजिटल प्लेटफर्म ‘आफ्टरक्लास’ सञ्चालनमा
techpana.com · Mon Aug 24 17:29:58 GMT 2026

काठमाडौं । विद्यार्थीलाई इन्टर्नशिप खोजिदिने डिजिटल प्लेटफर्म ‘ आफ्टरक्लास ’ सञ्चालनमा आएको छ । अध्ययनसँगै व्यावहारिक सीप सिक्न चाहने विद्यार्थी र योग्य इन्टर्नको खोजीमा रहेका कम्पनीहरूलाई एकै ठाउँमा जोड्न यो प्लेटफर्म सुरु गरिएको सञ्चालिका शान्भी आचार्यले जानकारी दिइन् ।
दुबईमा अर्थशास्त्र विषयमा स्नातक दोस्रो वर्षमा अध्ययनरत आचार्यले आफ्ना तीन जना साथीहरूको सहयोग र सूचना प्रविधि जानकारहरूको सल्लाहमा यो स्टार्टअप सुरु गरेकी हुन् । करिब चार महिनाको गृहकार्यपछि गत सातादेखि यो प्लेटफर्म औपचारिक रूपमा सार्वजनिक गरिएको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (techpana.com)