सर्लाहीमा युवकले गरे आगो लगाएर आत्मदाह प्रयास
annapurnapost.com · Fri Jul 10 12:43:41 GMT 2026

काठमाडौं : सर्लाहीमा एक युवकले शरीरमा आगो लगाएर आत्मदाहको प्रयास गरेका छन्। गोडैता नगरपालिका-१० का ३५ वर्षीय विवेक मण्डलले बिहीबार दिउँसो शरीरमा पेट्रोल खन्याएर आगो लगाएका हुन्। उनको शरीरको ९० प्रतिशत भाग जलेको र अवस्था चिन्ताजनक रहेको प्रहरीले जनाएको छ।
सर्लाही ४ बाट निर्वाचित सांसद अमरेस कुमार सिंहका अनुसार मण्डलको अवस्था चिन्ताजनक छ। सांसद सिंहले घाइतेलाई लिन हेलिकोप्टर पठाइएको र निःशुल्क उपचार हुने व्यवस्था मिलाइएको जानकारी दिए।
स्रोतमा पूरा पढ्नुहोस् (annapurnapost.com)