मानव-वन्यजन्तु द्वन्द्व न्यूनीकरणका लागि पहल थालेका छौँः वनमन्त्री चौधरी
barnanmedia.com · Fri Jul 10 12:44:06 GMT 2026

कृषि, वन तथा पर्यावरणमन्त्री गिता चौधरीले मानव-वन्यजन्तु द्वन्द्वबाट प्रभावित कृषक तथा स्थानीय समुदायको सुरक्षा र राहत मन्त्रालयको प्राथमिकतामा रहेको बताउनुभएको छ ।
राष्ट्रियसभाको आजको बैठकमा मन्त्रालयसँग सम्बन्धित सांसदका प्रश्नको उत्तर दिँदै उहाँले मानव–वन्यजन्तु द्वन्द्व न्यूनीकरणका लागि आवश्यक संरचना निर्माण, रोकथाम तथा संरक्षणसम्बन्धी कार्यक्रमलाई निरन्तरता दिइएको जानकारी गराउनुभयो । “मानव-वन्यजन्तु सहअस्तित्व कार्यक्रमअन्तर्गत आर्थिक वर्ष २०८३र८४ का लागि ४१ करोड ११ लाख बजेट विनियोजन गरिएको छ”, उहाँले भन्नुभयो ।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)