वर्षायामसँगै अन्नपूर्ण पदमार्गमा पर्यटक घटे
kendrabindu.com · Fri Jul 10 13:05:50 GMT 2026

लमजुङ । वर्षायाम सुरु भएसँगै विश्वप्रसिद्ध अन्नपूर्ण पदमार्गमा विदेशी पर्यटकको आगमन घटेको छ । पर्यटकीय याममा दैनिक ५०० देखि ६०० जनासम्म पर्यटक आउने पदमार्गमा यतिबेला दैनिक पाँचदेखि १५ जना आउने गरेका छन् ।
धारापानीस्थित अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप) पर्यटक जाँच तथा सूचना केन्द्रका इन्चार्ज भूपेन्द्र गुरुङका अनुसार वर्षायाम सुरु भएसँगै पर्यटकको आगमन घटेको हो । पर्यटकीय यामको अन्त्यतिर दैनिक ५०-६० जनासम्म पर्यटक आउने गरे पनि असार लागेपछि कुनै दिन एक–दुई, कुनै दिन १०-१५ जनासम्म पर्यटक आउने गरेका उनले जानकारी दिए ।
स्रोतमा पूरा पढ्नुहोस् (kendrabindu.com)