सर्लाहीमा युवकद्वारा आत्मदाहको प्रयास
nepalpress.com · Fri Jul 10 13:24:33 GMT 2026

सर्लाही । सर्लाहीमा एक युवकले शरीरमा पेट्रोल खन्याएर आगो लगाई आत्मदाहको प्रयास गरेका छन् । जिल्लाको गोडैता नगरपालिका–१० सिसौटियाका उपेन्द्र मण्डलका ३४ वर्षिय छोरा विवेक मण्डलले शुक्रबार दिउँसो घरबाट निस्किएपछि सडकमा पुगेर शरीरमा पेट्रोल खन्याई आगो लगाएको प्रहरीले जनाएको छ।
उनलाई प्रादेशिक अस्पताल मलंगवामा सामान्य उपचार पछि थप उपचारका लागि हेलिकोप्टरमार्फत काठमाडौँ लगिएको जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रवक्ता तथा डिएसपी वेदप्रसाद गौतमले जानकारी दिए ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalpress.com)