सर्लाहीमा आत्मदाह प्रयास: विवेकलाई थप उपचारका लागि हेलिकप्टरमार्फत काठमाडौं लगियो
nagariknews.nagariknetwork.com · Fri Jul 10 13:35:19 GMT 2026

सर्लाहीको गोडैता नगरपालिका–१० का ४२ वर्षीय विवेक मण्डललाई थप उपचारका लागि काठमाडौं लगिएको छ। आफ्नै शरीरमा पेट्रोल खन्याएर आत्मदाहको प्रयास गरेका उनको अवस्था गम्भीर बनेपछि हेलिकप्टरमार्फत् थप उपचारका लागि साँझ काठमाडौं लगिएको हो। घटनामा गम्भीर घाइते भएका उनको अवस्था चिन्ताजनक रहेको प्रहरीले जनाएको छ।
आत्मदाहको प्रयास गर्ने विवेक मण्डलका बुवा उपेन्द्र मण्डलले छोराको मानसिक अवस्था केही समयदेखि अस्वस्थ रहेको बताएका छन्।
स्रोतमा पूरा पढ्नुहोस् (nagariknews.nagariknetwork.com)