उद्यमशीलता/नवप्रवर्तनमा नेपाल चेम्बर अफ कमर्स र भारतको बेनेट विश्वविद्यालयबीच समझदारी
baahrakhari.com · Fri Jul 10 14:18:54 GMT 2026

काठमाडौं । नेपाल चेम्बर अफ कमर्स (एनसीसी) र भारतको बेनेट विश्वविद्यालयबीच उद्यमशीलता, नवप्रवर्तन, सीप विकास तथा उद्योग–शैक्षिक सहकार्यलाई प्रवर्द्धन गर्ने उद्देश्यले समझदारीपत्र (एमओयू)मा हस्ताक्षर भएको छ । चेम्बर भवन जमलमा शुक्रबार उक्त समझदारीपत्रमा हस्ताक्षर भएको हो ।
समझदारीपत्रमा चेम्बरका तर्फबाट स्टार्टअप तथा इनोभेसन समितिका सभापति एवं कार्यसमिति सदस्य पंकज जालान र बेनेट विश्वविद्यालयका प्रमुख सञ्चालन अधिकृत (सीओओ) सेन्थिल कुमारले हस्ताक्षर गरेका हुन् । यो सम्झौता पाँच वर्षसम्म लागु रहनेछ । आपसी सहमतिमा यसको अवधि थप गर्न सकिने व्यवस्था गरिएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)