जुम्लामा चट्याङ लागेर एक जनाको मृत्यु, दुई दर्जनभन्दा बढी पशुचौपाया मरे
nagariknews.nagariknetwork.com · Wed Jul 01 16:08:49 GMT 2026

जुम्लामा बुधबार अपराह्न परेको चट्याङ लागेर एक जनाको मृत्यु भएको छ भने अन्य दुई जना घाइते भएका छन्। चट्याङका कारण दुई छुट्टाछुट्टै स्थानमा गरी दुई दर्जनभन्दा बढी भेडा र खसीबाख्रा मरेका छन्।
हिमा गाउँपालिका–२ स्थित छोटाखर्सु लेकमा एनसेल टावर नजिकै साँझ साढे ५ बजे चट्याङ पर्दा ओदी गाउँका १८ वर्षीय रबिन्द्र रावतको घटनास्थलमै मृत्यु भएको हो।
स्रोतमा पूरा पढ्नुहोस् (nagariknews.nagariknetwork.com)