कुर्सी फेरिदा शासन शैली फेरियो त ?
nepalpress.com · Fri Jul 10 14:25:54 GMT 2026

२०७९ माघ ११ गते इलामका युवा उद्यमी प्रेमप्रसाद आचार्यले सङ्घीय संसद् भवनअगाडि आत्मदाह गरे । त्यसबेला बालेन्द्र शाहले लेखेका थिए, ‘सबैभन्दा ठूलो कारण राज्य हो र यो राज्यको चरम असफलताको सबैभन्दा भयानक सङ्केत हो ।’ त्यो केवल एउटा फेसबुक पोस्ट थिएन, राज्य सञ्चालकमाथि गरिएको गम्भीर राजनीतिक अभियोग थियो ।
आज परिस्थिति फेरिएको छ । कुर्सी फेरिएको छ । जिम्मेवारी फेरिएको छ । तर प्रश्न उही छ-राज्य फेरिएको छ कि केवल शासक ? नेपालमा कानुन, नीति र नियम बनाउने प्रवृत्ति अझै पनि व्यवहारिक यथार्थभन्दा टाढा देखिन्छ । कुनै नीति लागू गर्दा त्यसले नागरिकको जीवन, रोजगारी र सम्मानमा कस्तो असर पार्छ भन्ने पर्याप्त अध्ययन, प्रभाव मूल्याङ्कन र सार्वजनिक परामर्शको संस्कृति कमजोर छ । परिणामतः नागरिकको सुविधा भन्दा दण्डलाई प्राथमिकता दिने शासन शैली विकसित हुँदै गएको देखिन्छ ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalpress.com)