गणेश नेपाली आत्मदाह प्रकरण : संसदमा गृहमन्त्रीको आँसु र रास्वपा सांसदका तर्क
shilapatra.com · Fri Jul 10 14:30:58 GMT 2026

बिहीबार राहदानी विभागको तीन नम्बर गेटमा आत्मदाहको प्रयास गरेका मुगुका गणेश नेपालीको उपचारका क्रममा शुक्रबार वीर अस्पतालमा निधन भयो । मानवीय संवेदना जोडिएको यो विषयले शुक्रबारको प्रतिनिधिसभा बैठकमा प्रतिपक्षलाई आक्रोशित बनायो भने सत्तापक्षलाई रक्षात्मक र जवाफदेही बनायो ।
गृहमन्त्री सुधन गुरुङ समय लिएर रोस्ट्रममा पुगे पनि भक्कानिए । आँसु खसालेका उनी संसदको बैठक कक्षबाट बाहिर गएर फ्रेस भएर आएपछि मात्र बोल्न सके । त्यस्तै, मानवीय विषयमा आक्रामक देखिने रास्वपा सांसद आशिका तामाङ त धुरुधुरु रोइन् नै ।
स्रोतमा पूरा पढ्नुहोस् (shilapatra.com)