भेरी करिडोरः अस्थायी संरचनामार्फत सवारी सञ्चालन
barnanmedia.com · Fri Jul 10 15:00:28 GMT 2026

भेरी करिडोरअन्तरर्गत जाजरकोट–डोल्पा सडकखण्डको रुकुम पश्चिमको आठबीसकोट नगरपालिका–६ मा दुई वटा अस्थायी संरचना निर्माण गरेर सवारीसाधन सञ्चालन गरिएको छ ।
पुल निर्माणको ठेक्का हालै भएकाले वर्षायाम सुरु भएसँगै खोलामा पानीको बहाव बढेपछि रिजीगार र उसुम खोलामा अस्थायी संरचना निर्माण गरेर यातायातका साधन सञ्चालन गरिएको करिडोरका आयोजना प्रमुख नरेशकुमार केसरीले जानकारी दिए । रमण निर्माण सेवाले करिडोर आयोजनासँग गत जेठ ७ गते सम्झौता गरेर काम सम्पन्न गरेको थियो ।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)