उत्तर कोरियाले गर्यो आफ्नो आणविक हतियार क्षमतालाई थप विस्तार गर्ने योजनाको घोषणा
annapurnapost.com · Fri Jul 10 15:38:26 GMT 2026

उत्तर कोरियाले आफ्नो आणविक हतियार क्षमतालाई थप विस्तार गर्ने योजनाको घोषणा गरेको छ। उत्तर कोरियाको सरकारी सञ्चारमाध्यमका अनुसार देशले गुणात्मक र मात्रात्मक दुवै स्तरमा आफ्नो आणविक क्षमतालाई बलियो बनाउने घोषणा गरेको हो।
बीबीसीले उल्लेख गरेअनुसार उत्तर कोरियाले दक्षिण कोरियासँग सम्बन्धित गतिविधिहरूको निगरानी गर्ने आफ्नो सैन्य गुप्तचर निकायको भूमिका पनि विस्तार गर्नेछ। उत्तर कोरियाको सरकारी कोरियन सेन्ट्रल न्यूज एजेन्सीले पनि बिहीबार सत्तारूढ दलको केन्द्रीय सैन्य आयोगको बैठकमा यस विषयमा छलफल भएको रिपोर्ट गरेको छ।
स्रोतमा पूरा पढ्नुहोस् (annapurnapost.com)