गण्डकीमा फणीन्द्रलाई ऊर्जा मन्त्रालय, नन्दु भौतिकमा बढुवा
ratopati.com · Wed Sep 02 05:48:45 GMT 2026

पोखरा । गण्डकी प्रदेशमा नेपाल समाजवादी पार्टी (नेसपा) का फणीन्द्र देवकोटा फेरि ऊर्जा मन्त्री बन्ने भएका छन् । एमालेले छोडेको मन्त्रालयमा देवकोटालाई ऊर्जा मन्त्रालयको जिम्मेवारी दिन थालिएको हो ।
यसअघि देवकोटाले छोडेपछि कांग्रेसका नन्दप्रसाद न्यौपाने यो मन्त्रालयको जिम्मेवारीमा थिए । न्यौपानेको जिम्मेवारी हेरफेर गरिएको छ । न्यौपानेलाई भौतिक मन्त्रालयको जिम्मेवारी दिइएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)