भेरी करिडोर : अस्थायी संरचनामार्फत सवारी सञ्चालन
nepalnews.com · Fri Jul 10 15:58:12 GMT 2026

काँक्रेविहार। भेरी करिडोरअन्तरर्गत जाजरकोट–डोल्पा सडकखण्डको रुकुम पश्चिमको आठबीसकोट नगरपालिका–६ मा दुई वटा अस्थायी संरचना निर्माण गरेर सवारीसाधन सञ्चालन गरिएको छ।
पुल निर्माणको ठेक्का हालै भएकाले वर्षायाम सुरु भएसँगै खोलामा पानीको बहाव बढेपछि रिजीगार र उसुम खोलामा अस्थायी संरचना निर्माण गरेर यातायातका साधन सञ्चालन गरिएको करिडोरका आयोजना प्रमुख नरेशकुमार केसरीले जानकारी दिए। रमण निर्माण सेवाले करिडोर आयोजनासँग गत जेठ ७ गते सम्झौता गरेर काम सम्पन्न गरेको थियो।
स्रोतमा पूरा पढ्नुहोस् (nepalnews.com)