पूर्णबहादुर खड्कालाई गगनले दिएको सन्देश
nepalviews.com · Sun May 17 11:12:54 GMT 2026

काठमाडौं । गृह जिल्ला सुर्खेतमा कांग्रेसको इतरपक्षले आयोजना गरेको कार्यक्रममा प्रमुख अतिथि रहेका निर्वतमान कार्यवाहक सभापति पूर्णबहादुर खड्काले पार्टी विभाजनको डिलमा पुगेको बताएका बेला काठमाडौंमा इतरपक्षबाट छुट्टै पार्टी कार्यालयको खोजी भइरहेको खबर आयो । जसले गत पुसको अन्तिम साता चरम विवादाका बीच भएको विशेष महाधिवेशनले उत्पन्न गरेको नेताहरूको असन्तुष्टि पार्टी विभाजनसम्म पुग्न लागेको संकेत दियो ।
सुर्खेतबाट नेता खड्काले पार्टी एक ढिक्का बनाउने जिम्मेवारी सभापति गगन थापाको रहेको पनि बताएका थिए । विशेष महाधिवेशनअघि नै कांग्रेसमा विवाद चर्किएको थियो । तत्कालीन संस्थापनले कांग्रेसको विधानअनुसार माग भएको विशेष महाधिवेशनलाई केन्द्रीय कार्यसमितिमा रहेको प्रचण्ड बहुमतका बलमा अस्वीकार गरिदिएको थियो । तर, विशेष महाधिवेशन मागकर्ताहरूले आफैँ विशेष महाधिवेशन गरी नयाँ केन्द्रीय कार्यसमिति चयन गरे । जसको सभापति गगन थापा छन् । उनलाई देउवा समूहले सर्वोच्च अदालत पुगेर कानुनी चुनौती दिए पनि सर्वोच्च अदालतले विशेष महाधिवेशनलाई वैध ठहर गरी कानुनी टुंगो लगाए पनि नेताहरूबीचको टकराव भने दिन प्रतिदिन बढिरहेको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalviews.com)