मानव-वन्यजन्तु द्वन्द्व न्यूनीकरणका लागि पहल थालेका छौँ : वनमन्त्री चौधरी
nepalnews.com · Fri Jul 10 16:43:07 GMT 2026

काठमाडौं। कृषि, वन तथा पर्यावरणमन्त्री गीता चौधरीले मानव-वन्यजन्तु द्वन्द्वबाट प्रभावित कृषक तथा स्थानीय समुदायको सुरक्षा र राहत मन्त्रालयको प्राथमिकतामा रहेको बताएकी छन्।
राष्ट्रियसभाको आजको बैठकमा मन्त्रालयसँग सम्बन्धित सांसदका प्रश्नको उत्तर दिँदै उनले मानव–वन्यजन्तु द्वन्द्व न्यूनीकरणका लागि आवश्यक संरचना निर्माण, रोकथाम तथा संरक्षणसम्बन्धी कार्यक्रमलाई निरन्तरता दिइएको जानकारी गराइन् । ‘मानव-वन्यजन्तु सहअस्तित्व कार्यक्रमअन्तर्गत आर्थिक वर्ष २०८३/८४ का लागि ४१ करोड ११ लाख रुपैयाँ बजेट विनियोजन गरिएको छ’, उनले भनिन्।
स्रोतमा पूरा पढ्नुहोस् (nepalnews.com)