पोखरामा जुनियर छात्रछात्रा ह्याण्डबल प्रतियोगिता सुरु
ratopati.com · Fri Jul 10 16:47:46 GMT 2026
पोखरा । पोखरा रङ्गशालामा आजदेखि यु-१६ छात्रछात्रा जुनियर ह्याण्डबल प्रतियोगिता सुरु भएको छ । विद्यालय तहदेखि राष्ट्रका लागि आवश्यक क्षमतावान ह्याण्डबल खेलाडी उत्पादन गर्दै खेलको आधार बलियो बनाउने लक्ष्यसहित गण्डकी प्रदेश ह्याण्डबल सङ्घको आयोजना तथा प्रदेश खेलकुद परिषद् गण्डकीको प्रवर्द्धनमा प्रतियोगिता सुरु भएको हो ।
पहिलो दिन छात्रतर्फ छ र छात्रातर्फ चार गरी १० खेल सम्पन्न भएका आयोजकले जनाएको छ । यही असार २९ गतेसम्म सञ्चालन हुने प्रतियोगिता ‘लिग कम नकआउट’ प्रणालीमा भएको प्रतियोगिताअन्तर्गत छात्रतर्फ १३ र छात्रातर्फ नौ टोलीको सहभागिता छ ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)