लुम्बिनी बौद्ध विश्वविद्यालयको बजेट तथा नीति–कार्यक्रम स्वीकृत
baahrakhari.com · Fri Jul 10 16:48:36 GMT 2026

काठमाडौं । लुम्बिनी बौद्ध विश्वविद्यालयले आगामी आर्थिक वर्ष २०८३/८४ का लागि ४९ करोड ८८ लाख बराबरको बजेट, नीति तथा कार्यक्रम स्वीकृत गरेको छ ।
शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री एवं विश्वविद्यालयका सहकुलपति सस्मित पोखरेलको अध्यक्षतामा आज सिंहदरबारमा बैठक बसेको थियो । मन्त्री पोखरेलले विश्वविद्यालयले आफ्नो मूल उद्देश्यअनुसार बौद्ध शिक्षा, बौद्ध दर्शन र बौद्ध अध्ययनमा केन्द्रित भएर शैक्षिक कार्यक्रम सञ्चालन गर्नुपर्नेमा जोड दिनुभयो ।
स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)