रुपन्देहीमा प्रहरीले गोली चलाएर समात्यो एक भारतीय नागरिक
nepalviews.com · Fri Jul 10 17:17:58 GMT 2026

काठमाडौं । रुपन्देही प्रहरीले मायादेवी गाउँपालिका-५ स्थित गुरुवनियामा गोली प्रहार गरी एक जना भारतीय नागरिकलाई पक्राउ गरेको छ ।
लागुऔषध ब्राउन सुगर र पेस्तोलसहित मोटरसाइकलमा आएका भारतको उत्तर प्रदेशका अकबाल खानलाई नियन्त्रणमा लिन खोज्दा प्रतिरक्षामा गोली प्रहार गरी उनलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका सूचना अधिकारी एवं डीएसपी कृष्ण कुमार चन्दले जानकारी दिए ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalviews.com)