शंकर पोखरेललाई खाल्डामा खसाएर विष्णु पौडेल केपी ओलीको काखमा
barnanmedia.com · Mon Aug 24 22:29:28 GMT 2026

नेकपा एमालेमा सबैभन्दा मौकापरस्त नेताका रूपमा चिनिन्छन् विष्णु पौडेल । पार्टीभित्रको शक्ति सन्तुलन र प्रतिद्वन्द्वितामा खेलेर आफ्नो स्वार्थ सुरक्षित गर्न माहिर मानिन्छन् पौडेल । कुनै समय एमालेमा केपी शर्मा ओली र झलनाथ खनालबीचको प्रतिस्पर्धामा होस् वा ओलीविरुद्ध माधव नेपाल र प्रचण्डहरूको गठबन्धन हुँदाका घडीमा, पौडेलले जहिल्यै मध्यमार्गी लाइन लिए । दुवै पक्षलाई उचाल्ने र कान फुक्ने काम गरे । अनि एउटा पक्षलाई हठात् धोका दिएर भिरमा खसाल्ने र अर्को पक्षबाट लाभ लिएर आफू अवसरको सिँढी उक्लिने उनको चतुर शैलीको शिकार एमाले पार्टी बारम्बार भएको छ ।
विष्णु पौडेलकै कारण एमाले आन्तरिक तिक्तता, द्वन्द्व र विभाजनको शिकार बनेको छ । अहिले त्यही पुरानो शैलीको अर्को अध्यायमा पौडेलले आफ्नो चरित्र अझै बलवान् ढंगले प्रदर्शन गरेका छन् । र, ओली र उनका सबैभन्दा विश्वासपात्र मानिएका नेता शंकर पोखरेलबीच दूरी बढाउन सफलता हात पारेका छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)