सेमिफाइनल यात्राका लागि स्पेन र बेल्जियम भिड्दै, यस्तो छ दुवै टोलीको सुरुवाती ११
ratopati.com · Fri Jul 10 18:28:00 GMT 2026
काठमाडौँ फिफा विश्वकप २०२६ अन्तर्गत नेपाली समयअनुसार शनिबार बिहान हुने बहुप्रतीक्षित क्वार्टरफाइनल खेलमा स्पेन र बेल्जियम भिड्दै छन् । नेपाली समय अनुसार १२ः४५ बजे लस एन्जलस स्टेडियममा सुरु हुने यस खेलका लागि दुवै टोलीको सुरुवाती ११ सार्वजनिक भइसकेको छ । सेमिफाइनल प्रवेश गर्ने साझा लक्ष्यका साथ मैदान उत्रने दुवै टोलीले यस खेलमा ४–२–३–१ को रणनीतिक ढाँचा अपनाएका छन् ।
स्पेनका प्रशिक्षक लुइस दे ला फुएन्तेले बलियो टोली मैदान उतारेका छन् । टोलीको गोलरक्षणको जिम्मेवारी २३ नम्बर जर्सीका उनाई सिमोनले सम्हाल्नेछन् भने रक्षापङ्क्तिमा पेड्रो पोरो, पाउ कुबार्सी, आयमेरिक लापोर्ट र मार्क कुकुरेला रहनेछन् । मिडफिल्डमा रक्षात्मक भूमिकामा रोड्री र फाबियन रुइज रहनेछन् भने आक्रामक मिडफिल्डमा युवा स्टार लामिन यामाल, डानी ओल्मो र अलेक्स बाएना रहनेछन् । अग्रपङ्क्तिमा भने मुख्य स्ट्राइकरको रूपमा मिकेल ओयारजाबाल मैदानमा देखिनेछन् ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)