फिलिपिन्स भूकम्प अपडेट : मृत्यु हुनेको सङ्ख्या ४५ पुग्यो, १७ अझै बेपत्ता
barnanmedia.com · Wed Jun 10 06:44:44 GMT 2026

फिलिपिन्सको मिन्डानाओको दक्षिणी तटमा सोमबार आएको ७.८ म्याग्निच्युडको भूकम्पका कारण कम्तीमा ४५ जनाको मृत्यु भएको राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन परिषद् (एनडीआरआरएमसी) ले बुधबार जनाएको छ । एनडीआरआरएमसीका अनुसार अझै १७ जना बेपत्ता रहेका छन् भने ४८७ घाइते भएका छन् ।
एनडिआरआरएमसीले भूकम्पका कारण ३३ हजार भन्दा बढी घरपरिवारका लगभग एक लाख ५० हजार मानिसहरूलाई असर गरेको बताएको छ । भूकम्पले अस्पताल, विद्यालय र पुलहरू लगायतका २३८ वटा पूर्वाधार सुविधाहरू क्षतिग्रस्त भएको एनडीआरआरएमसीले जनाएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)