१८ औँ संस्करणको ‘नाडा अटो शो’ आजदेखि सुरु हुँदै, उपराष्ट्रपतिले उद्घाटन गर्ने
arthasansar.com · Tue Aug 25 00:47:31 GMT 2026

नेपालको सबैभन्दा ठूलो अटोमोबाइल तथा मोबिलिटी प्रदर्शनी १८ औँ संस्करणको ‘नाडा अटो शो २०२६’ आज (मंगलबार) देखि काठमाडौँको भृकुटीमण्डपमा सुरु हुँदैछ । १८औँ संस्करणको ‘नाडा अटो शो २०२६’ प्रदर्शनीको औपचारिक उद्घाटन आज बिहान ९ बजेदेखि हुनेछ ।
नाडाका अध्यक्ष सुरेन्द्रकुमार उप्रेतीका अनुसार प्रदर्शनीको औपचारिक उद्घाटन आज बिहान ९ बजे हुनेछ । यस पटकको नाडा अटो शोको उद्घाटन कार्यक्रममा नेपालका उपराष्ट्रपति रामसहाय प्रसाद यादव मुख्य अतिथिको रूपमा सहभागी हुने उनले जानकारी गराए ।दर्शनीस्थलमा विभिन्न अटोमोबाइल ब्रान्ड, अटो पाट्र्स तथा कम्पोनेन्ट, टायर, ल्युब्रिकेन्ट्स, ब्याट्री, चार्जिङ पूर्वाधार, ग्यारेज उपकरण, बैंक तथा बीमा कम्पनीका स्टल निर्माणको काम धमाधम भइरहेको छ । नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपालका अनुसार यस वर्षको स्वर्ण जयन्ती संस्करणमा २०० भन्दा बढी स्टल रहनेछन् । करिब तीन लाख वर्गफिट क्षेत्रफलमा फैलिने प्रदर्शनीमा यात्रुवाहक सवारीका २३, हल्का व्यावसायिक सवारीका १७ र दुईपांग्रे सवारीका १३ गरी ५३ वटा सवारी ब्रान्ड सहभागी हुँदैछन् ।
स्रोतमा पूरा पढ्नुहोस् (arthasansar.com)