नेपालको डीएनए बोकेको एनभीएल ट्रफी : हिमालदेखि तराईसम्मको कथा
ratopati.com · Tue Aug 25 01:15:00 GMT 2026
काठमाडौँ । नेपालमा पहिलोपटक आयोजना हुन लागेको पुरुष फ्रेन्चाइज भलिबल लिग ‘एक्सट्रिम इनर्जी ड्रिंक नेपाल भलिबल लिग’ (एनभीएल) को ट्रफी सार्वजनिक भएसँगै नेपाली खेलकुदमा एउटा नयाँ आकर्षण थपिएको छ । लिगको ट्रफी सामान्य खेलकुद प्रतियोगिताको उपाधि जित्ने टोलीले उचाल्ने ‘कप’ मात्र छैन । यसको बनावट, आकृति र त्यसमा समेटिएका प्रतीकहरूले नेपालको हिमाल, जैविक विविधता, संस्कृति, सम्पदा, आध्यात्मिकता र प्रकृतिको कथा बोकेको छ ।
आइतबार ऐतिहासिक पाटन दरबार स्क्वायरमा ललितपुर महानगरपालिकाका मेयर चिरिबाबु महर्जनले एनभीएलको ट्रफी पहिलोपटक सार्वजनिक गरे । त्यसपछि ट्रफीलाई भक्तपुर दरबार स्क्वायर र काठमाडौंको बसन्तपुर दरबार स्क्वायर पुर्याएर सार्वजनिक गरिएको थियो । नेपाल भलिबल संघको सहयोगमा केडिया ग्रुपले आयोजना गर्न लागेको एनभीएलको पहिलो संस्करण भदौ १९ देखि २७ गतेसम्म त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्को कभर्डहलमा हुँदै छ ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)