पाँचथर जिल्ला अस्पतालमा ज्वरोका बिरामीको चाप बढ्यो
gorkhapatraonline.com · Tue Aug 25 01:17:29 GMT 2026

पछिल्लो समय सदरमुकाम फिदिमस्थित जिल्ला अस्पताल पाँचथरमा ज्वरोका बिरामीको चाप बढेको छ। वर्षायाममा मौसमी रोगका रूपमा देखिने विभिन्न प्रकारका ज्वरोको प्रकोप बढेसँगै अस्पतालमा उपचारका लागि आउने बिरामीको सङ्ख्या बढेको हो।
अन्य रोगका बिरामीको तुलनामा ज्वरोका बिरामी दैनिक बढी सङ्ख्यामा उपचारका लागि आउने गरेको अस्पतालका सूचना अधिकारी तथा मेडिकल रेकर्ड अधिकृत नवीन रेग्मीले बताउनुभयो। उहाँका अनुसार गत साउन महिनामा मात्रै ९४० जना ज्वरोका बिरामीले जिल्ला अस्पतालमा उपचार गराएका छन्। यो तथ्याङ्क जिल्ला अस्पतालको मात्रै भएकाले जिल्लाका अन्य सरकारी तथा निजी स्वास्थ्य संस्थामा उपचार गराउने बिरामीको सङ्ख्या अझ बढी हुन सक्ने उहाँको भनाइ छ।
स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)