आइकौर भी २३ रु. ५०.९९ लाखमै उपलब्ध – सीमित स्टकका लागि विशेष अवसर
ajakoartha.com · Wed Jun 10 07:00:00 GMT 2026

काठमाडौं- नेपालका लागि आइकौरको आधिकारिक वितरक SPG Automobiles Pvt. Ltd. ले लोकप्रिय आइकौर भी २३ मा विशेष सीमित–स्टक अफर घोषणा गरेको छ । यस अफरअन्तर्गत ग्राहकहरूले रु. ५०.९९ लाखको पूर्व–बजेट मूल्यमा आइकौर भी २३ खरिद गर्न सक्नेछन्, जबकि हालको बजेटपछिको आधिकारिक मूल्य रु. ५३.९९ लाख कायम गरिएको छ ।
हालै सार्वजनिक भएको राष्ट्रिय बजेटमार्फत कर तथा राजस्व संरचनामा भएको संशोधनका कारण नेपाली बजारमा आइकौर भी २३ को आधिकारिक बिक्री मूल्य रु. ५३.९९ लाख निर्धारण गरिएको छ । तथापि, ग्राहकहरूको उल्लेखनीय रुचि र विश्वासप्रति कृतज्ञता व्यक्त गर्दै SPG Automobiles ले सीमित संख्यामा उपलब्ध स्टकका लागि आइकौर भी २३ लाई पुरानै मूल्य रु. ५०.९९ लाखमा उपलब्ध गराउने निर्णय गरेको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (ajakoartha.com)