इरानी सरकारी टिभीबाट उद्घोष : ट्रम्पका छोराको हत्या गर्नेलाई १ करोड डलर इनाम
corporatenepal.com · Tue Aug 25 01:40:19 GMT 2026

तेहरान । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका छोरा ब्यारोन ट्रम्पको हत्या गर्नेलाई इरानमा १ करोड अमेरिकी डलर पुरस्कार घोषणा गरिएको दाबी सार्वजनिक भएपछि अमेरिका–इरानबीचको तनाव थप बढेको छ। इरानी सरकारी टेलिभिजनबाट प्रसारित भएको भनिएको एक भिडियोमा २० वर्षीय ब्यारोनलाई लक्षित गर्दै उनको सुरक्षा, सम्भावित बसोबास र दैनिक गतिविधिसम्बन्धी विवरण प्रस्तुत गरिएको इरान इन्टरनेशनलले जनाएको छ । उक्त भिडियो इस्लामिक रिभोलुसनरी गार्ड कप्र्स (आईआरजीसी)सँग सम्बन्धित च्यानल–३ बाट प्रसारण भएको जनाइएको छ।
अमेरिकी सुरक्षा निकायले घटनालाई गम्भीर रूपमा लिएको बताइएको छ। ट्रम्प परिवारलाई इरानबाट यसअघि पनि धम्की आउने गरेको उल्लेख गरिए पनि ब्यारोनको हत्या गर्नेलाई पुरस्कार घोषणा गरिएको विषय इरान सरकारको आधिकारिक निर्णय भएको स्वतन्त्र रूपमा पुष्टि हुन सकेको छैन । यसैबीच, अमेरिका–इरान तनाव आर्थिक र सैन्य मोर्चामा समेत चर्किएको छ। अमेरिकी ट्रेजरी सचिव स्कट बेसेन्टले इरानमाथि थप प्रतिबन्ध घोषणा गर्दै तेहरानमा पुग्ने प्रमुख आर्थिक तथा वित्तीय स्रोत बन्द गर्ने उद्देश्य रहेको बताएका छन्। अमेरिकी राष्ट्रपति ट्रम्पले आफ्ना सहयोगी मुलुकहरूलाई समेत नयाँ प्रतिबन्धमा सहभागी हुन आग्रह गरेका छन्।
स्रोतमा पूरा पढ्नुहोस् (corporatenepal.com)