नेपालमा बलात्कारको डरलाग्दो तथ्यांक, हरेक वर्ष सरदर २४ सय घट्ना भएको प्रहरी रेकर्ड
kendrabindu.com · Tue Aug 25 02:12:32 GMT 2026

काठमाडौं । प्रहरी प्रधान कार्यालयको तथ्यांकअनुसार बलात्कार जस्तो जघन्य अपराधको दर निकै डरलाग्दो छ । आर्थिक वर्ष २०८२/८३ मा २ हजार ३९५ जना बलात्कृत भएका छन् । जसमध्ये १८ वर्षभन्दा कम उमेर समूहका बालिकाको संख्या मात्रै १ हजार ५१० छ । १८ वर्षभन्दा माथिका महिलाको संख्या भने ८८५ छ ।
आर्थिक वर्ष २०८१/८२ मा बलात्कार पीडितको संख्या २ हजार २६२ थियो । जसमध्ये १८ वर्ष उमेर मुनिका मात्रै १ हजार ४३७ छ । ८२५ जना १८ वर्ष माथिका महिला छन् । आर्थिक वर्ष २०८०/८१ मा २ हजार ५१४ जना बलात्कृत भएका थिए । जसमध्ये १८ वर्ष मुनिका १ हजार ५९२ बालिका र ९२० जना १८ वर्ष माथिका महिला छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (kendrabindu.com)