चिया बगानमा कमाउँदै, बगानमै रमाउँदै महिला श्रमिक
gorkhapatraonline.com · Tue Aug 25 02:47:40 GMT 2026

बिहान ७ बज्दै थियो। पाथिभरा टी–स्टेटको आवास क्षेत्रमा चहलपहल सुरु भयो। टी–स्टेटको क्वार्टरमा बस्दै आएका श्रमिकमध्ये कसैले चिया तयार गरे, कसैले नास्ता बनाए। चिया–नास्तापछि यहाँका १० जना महिला डोको बोकेर बगानतिर लागे।
करिब १५ मिनेट हिँडेपछि त्यो समूह लहलह पालुवा पलाएको चियाबारीमा पुग्यो। पानी परेपछि खुलेको मौसम, चिसो बतास र चारैतिर हरियाली। त्यहीँ चिया टिप्न थालेका महिला कहिले गीत गाउँथे, कहिले अन्ताक्षरी खेल्थे त कहिले मीठा गफ गर्दै चियाका मुना टिपेर डोको भर्ने प्रयत्नमा देखिन्थे।
स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)