न्युजिल्यान्डमा १६ वर्षमुनिका बालबालिकालाई सामाजिक सञ्जाल प्रयोगमा प्रतिबन्ध लगाउने विधेयक ल्याइँदै
annapurnapost.com · Tue Aug 25 02:47:55 GMT 2026

काठमाडौं : न्युजिल्यान्डले १६ वर्षभन्दा कम उमेरका बालबालिकालाई सामाजिक सञ्जाल प्रयोगमा प्रतिबन्ध लगाउने विधेयक संसदमा पेस गर्ने भएको छ। प्रधानमन्त्री क्रिस्टोफर लक्सनले बालबालिकालाई सामाजिक सञ्जालबाट हुने हानि रोक्न यस्तो व्यवस्था गर्न लागिएको बताएका छन्।
प्रस्तावित विधेयकअनुसार टिकटक, इन्स्टाग्राम, स्न्यापच्याट र फेसबुकजस्ता सामाजिक सञ्जाल प्लेटफर्मले आफ्ना प्रयोगकर्ताको उमेर १६ वर्षभन्दा बढी रहेको सुनिश्चित गर्नुपर्नेछ। अन्तर्राष्ट्रिय सञ्चारमाध्यमका अनुसार उमेर पहिचानका लागि विद्यमान खाता विवरण, डिजिटल परिचयपत्र तथा फेसियल एज इस्टिमेसनजस्ता प्रविधि प्रयोग गर्न सकिने प्रस्ताव गरिएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (annapurnapost.com)