अविरल वर्षाका कारण विभिन्न राजमार्गहरू अवरुद्ध, रातको समयमा यात्रा नगर्न प्रहरीको आग्रह
nepalviews.com · Tue Aug 25 02:50:54 GMT 2026

काठमाडौं । लगातार परेको अविरल वर्षा, बाढी र पहिरोका कारण मुलुकका विभिन्न भागमा रहेका मुख्य राजमार्गहरूमा सवारी आवागमन नराम्ररी प्रभावित भएको छ।
नेपाल प्रहरीले सार्वजनिक गरेको पछिल्लो विवरण अनुसार इलामस्थित मेची राजमार्ग, सिन्धुपाल्चोक खण्डको अरनिको राजमार्ग र जाजरकोट–डोल्पा सडक खण्ड पहिरो तथा बाढीका कारण पूर्ण रूपमा अवरुद्ध बनेका छन्। विशेष गरी सिन्धुपाल्चोकको लिपिङ र रसुवाको खाल्टे क्षेत्रमा खसेको बाढी-पहिरोका कारण सडक खुलाउन कठिनाइ भइरहेको छ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalviews.com)