प्रभु महालक्ष्मी लाइफको साढे ४ लाख बढी कित्ता संस्थापक सेयर लिलाम बिक्रीमा
arthasansar.com · Tue Aug 25 02:57:54 GMT 2026

प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्स लिमिटेडले साढे ४ लाख भन्दा बढी कित्ता संस्थापक सेयर बिक्रीमा राखेको छ । कम्पनीले आम सर्वसाधारणले समेत किन्न पाउने गरि ४ लाख ६९ हजार ३०२ कित्ता संस्थापक सेयर बिक्रीमा राखेको हो ।
कम्पनीले यसअघि उक्त सेयर साविकका विद्यमान संस्थापक सेयरधनीहरूले मात्रै किन्न पाउने गरी बिक्रीमा राखेको थियो । कम्पनीले ३५ दिनको सूचना जारी गरेर आवेदन माग गरेकोमा कुनै पनि सेयरधनीबाट सेयर खरीदका लागि आवेदन नपरेपछि सर्वसाधारणका लागि बिक्री खुला गरिएको कम्पनीले जनाएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (arthasansar.com)