आँखा शिविर : अध्यारोबाट उज्यालो देखेपछि ...
ratopati.com · Tue Aug 25 03:03:20 GMT 2026

दाङ । तुलसीपुर उपमहानगरपालिका–१२ हरीपौरीका अर्जुन आचार्य लामो समयदेखि आँखा धमिलो देख्ने समस्याबाट ग्रसित थिए । यसअघि उनले कहिल्यै आफ्नो आँखाको जाँच गराएका थिएनन् । तर, तुलसीपुर–१२ को वडा कार्यालयमा सोमबार राखिएको स्वास्थ्य शिविरमा जाँच गराउँदा मोतियाबिन्दु देखियो । “पहिल्यै धमिलो देखिन्थ्यो, तर, परीक्षण गराउन पाएको थिएन”, उनले भने, “अहिले परीक्षण गराउँदा मोतियाबिन्दु भएको रहेछ, अब आज शल्यक्रियाका लागि बोलाउनुभएको छ ।”
हरीपौरीकै बट्क्या चौधरीको पनि देब्रे आँखा कम देखिने समस्या थियो । त्यो आँखा पनि शल्यक्रिया गर्नुपर्ने चिकित्सकले सुझाव दिए । गाउँघरमै यसरी शिविर सञ्चालन भएपछि आफूले आँखा जाँच गराउन पाएको उनको भनाइ छ । “गाउँमै आँखा जाँच गर्ने शिविर आयो”, उनले भने, “आँखा जाँच गराउँदा समस्या पनि पत्ता लाग्यो ।”
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)