नबिल बैंकका डीजीएम अवस्थी डीसीईओमा बढुवा
kendrabindu.com · Tue Aug 25 03:20:00 GMT 2026

काठमाडौं । नबिल बैंकमा नायब महाप्रबन्धक (डीजीएम) रहेका गणेशप्रसाद अवस्थी नायब प्रमुख कार्यकारी अधिकृत (डीसीईओ) पदमा बढुवा भएका छन्।
सोमबार बसेको बैंक सञ्चालक समितिको बैठकले अवस्थीलाई डीसीईओमा बढुवा गर्ने निर्णय गरेको हो। बैंकिङ क्षेत्रमा २५ वर्षभन्दा बढी अनुभव भएका अवस्थीले सन् २००१ मा तत्कालीन एनआईसी बैंकबाट आफ्नो बैंकिङ करियर सुरु गरेका थिए।
स्रोतमा पूरा पढ्नुहोस् (kendrabindu.com)