देउवाको 'म हिन्दु हुँ’ हुँकार र कांग्रेसको वैचारिक परीक्षा
baahrakhari.com · Tue Aug 25 03:25:15 GMT 2026

नेपाली राजनीतिमा कुनै दल वा नेतासँग स्पष्ट विचार, नीति र भविष्यको विश्वसनीय मार्गचित्र नहुँदा धर्म, जाति, पहिचान वा अन्य भावनात्मक मुद्दालाई राजनीतिक आधार बनाउने प्रवृत्ति बढ्न थालेको हो । जनताको जीवनसँग प्रत्यक्ष जोडिएका रोजगारी, शिक्षा, स्वास्थ्य, सुशासन, आर्थिक असमानता र सामाजिक न्यायजस्ता कठिन प्रश्नको उत्तर दिनुभन्दा भावनात्मक विययबाट जनमत आकर्षित गर्न सजिलो हुन्छ । त्यसैले धर्मको राजनीतिक प्रयोग आस्थाको विषय नभएर राजनीतिक दलको वैचारिक दिशा र समाजको भविष्यसँग जोडिएको प्रश्न बन्न पुगेको हो ।
यही सन्दर्भमा पूर्वप्रधानमन्त्री तथा नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले कांग्रेसको असन्तुष्ट पक्षको राष्ट्रिय भेलामा आफ्नो धार्मिक पहिचानलाई जोड दिँदै ‘म हिन्दु हुँ’ भनेको विषय चर्चामा आएको छ । व्यक्तिगत रूपमा आफू हिन्दु भएको बताउनु कुनै अस्वाभाविक कुरा होइन । प्रत्येक नागरिकलाई आफ्नो धर्म, आस्था र संस्कृतिको पहिचान राख्ने तथा त्यसलाई सार्वजनिकरूपमा व्यक्त गर्ने संवैधानिक अधिकार छ ।
स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)