लुम्बिनी प्रदेशका नवनियुक्त तीन मन्त्रीले आज शपथ लिँदै
kendrabindu.com · Tue Aug 25 03:39:14 GMT 2026

रूपन्देही । लुम्बिनी प्रदेश सरकारमा नवनियुक्त तीन मन्त्रीले आज पद तथा गोपनीयताको शपथ लिने भएका छन् । दिउँसो ३ बजेर २५ मिनेटमा बुटवलस्थित प्रदेश प्रमुखको कार्यालयमा प्रदेश प्रमुख कृष्णबहादुर घर्तीमगरसमक्ष नवनियुक्त मन्त्रीहरूले पद तथा गोपनीयताको शपथ लिने कार्यक्रम तय भएको छ ।
प्रदेश प्रमुख घर्तीमगरले मुख्यमन्त्री चेतनारायण आचार्यको सिफारिसमा हिजो नेपालको संविधानको धारा १६८ को उपधारा (९) बमोजिम मौजुदा मन्त्रिपरिषद् पुनर्गठन गरेका थिए । प्रदेश प्रमुखसमक्ष स्वास्थ्य मन्त्री दीपेन्द्रकुमार पुन, आर्थिक मामिला तथा योजना मन्त्री इन्द्रजीत थारू र कृषि, भूमि व्यवस्था तथा सहकारी मन्त्री कृष्णा कुश्मा थारूले शपथ ग्रहण गर्नेछन् ।
स्रोतमा पूरा पढ्नुहोस् (kendrabindu.com)