बागमतीमा आज मुख्यमन्त्री किरण थापाले विश्वासको मत लिँदै
kendrabindu.com · Tue Aug 25 03:44:31 GMT 2026

हेटौँडा । बागमती प्रदेशसभामा आज मुख्यमन्त्री किरण थापाले विश्वासको मत लिने कार्यसूची तय भएको छ । यसका लागि दिउँसो ४ बजे प्रदेशसभा बैठक बोलाइएको छ । हिजो पटकपटक बैठक सरेर राति ८ बजेका लागि तय भएको थियो । तर निर्धारित समयमा बस्न नसकेपछि आजका लागि आह्वान भएको हो ।
आइतबारदेखि नै मुख्यमन्त्री थापाले विश्वासको मत लिन खोजेका थिए । तर गठबन्धनभित्रै असन्तुष्टिसँगै समर्थन गरेको राप्रपामा पनि विवाद भएर अदालतसम्म मुद्दा दर्ता भएपछि समस्या भएको हो । यसमा प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले पनि विवाद टुंग्याएर मात्र विश्वासको मत लिने व्यवस्था गर्न माग गरेपछि सोमबार तय भएको कार्यक्रम सरेको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (kendrabindu.com)