पर्व लक्षित आयातले तह लाग्ला बैंकमा थुप्रिएको खर्बौं तरलता ?
baahrakhari.com · Tue Aug 25 03:42:22 GMT 2026

काठमाडौं । दसैँ, तिहार, छठ जस्ता चाडपर्व नजिकिएसँगै वस्तु तथा सेवा आयातको लागि आयातकर्ताहरूले बैंकमा धमाधम एलसी (प्रतितपत्र) खोल्न थालेका छन् । व्यवसायीहरूले विभिन्न देशबाट वस्तु तथा सेवा भित्र्याउन वाणिज्य र राष्ट्रियस्तरका विकास बैंकहरूमा ट्रष्ट रिसिप्ट (टीटी) तथा कर्जाअन्तर्गत एलसी खाता खोलेर आयात गर्छन् ।
सामान्यतया यस्तो कर्जा चाडपर्व आउनु तीन/चार महिनाअघिबाट सुरु हुने गर्छ । यसर्थ, यतिबेला आयातका लागि हुने कर्जाको माग बढेको बैंकरहरू बताउँछन् । लामो समयदेखि बैंकिङ प्रणालीमा थुप्रिएको खर्बौं रुपैयाँ अधिक लगानी योग्य पुँजी (तरलता) आयात कर्जाका कारण केही हदसम्म प्रवाह हुने भएको बैंकरहरू बताउँछन् ।
स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)