मलेसियाविरुद्ध नेपाललाई फिल्डिङको निम्तो
nepalpress.com · Tue Aug 25 03:45:14 GMT 2026
काठमाडौँ । मलेसियाविरुद्धको पहिलो एकदिवसीय अभ्यास खेलमा नेपाली राष्ट्रिय पुरुष क्रिकेट टोलीले टस हारेर फिल्डिङको निम्तो पाएको छ । यी दुई टोलीबीचको खेल मलेसियामा जारी छ ।
नेपालले एसिसी प्रिमियर कपको तयारीस्वरूप मलेसियाविरुद्ध अभ्यास म्याच खेलिरहेको हो । नेपालले हालै भारतमा १० दिनको प्रशिक्षण सम्पन्न गरेको थियो । जहाँ नेपालले कर्नाटक राज्यस्तरीय टोलीविरुद्ध दुईवटा अभ्यास खेल पनि खेलेको थियो ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalpress.com)