पोखरा बसपार्कबाट विस्थापित ३२५ परिवार भूमिहीनमा सूचीकृत
kendrabindu.com · Tue Aug 25 03:54:38 GMT 2026

कास्की । पोखरा बसपार्कबाट विस्थापित मध्ये ३२५ परिवार भूमिहीन सूचीमा परेका छन । पोखरा महानगरपालिका–९ पृथ्वीचोकस्थित प्रस्तावित पोखरा बसपार्क क्षेत्रमा बसोबास गरिरहेका भूमिहीन दलित, भूमिहीन सुकुमबासी तथा अव्यवस्थित बसोबासीको अन्तिम विवरण टुङ्गो लगाउदा यो तथ्य आएको महानगरका मेयर धनराज आचार्यले बताए ।
महानगरले बसपार्कमा बसोबास गरिरहेकालाई व्यवस्थापन गर्नका लागि निवेदन दिनका लागि सूचना गरेको थियो । त्यसपछि दाबी–विरोध, संशोधन निवेदन तथा आवश्यक छानबिनपछि वडा तहको सहजीकरण समितिले तयार पारेको विवरणअनुसार ३ सय २५ परिवार भूमिहीनको सूचीमा परेका छन् भने २४२ परिवार अव्यवस्थित बसोबासी कायम भएको महानगर मेयर आचार्यले बताए ।
स्रोतमा पूरा पढ्नुहोस् (kendrabindu.com)