पुस्ता बदलिएको सन्दर्भमा कुन राजनीतिक दलको भूमिका कस्तो?
nepalviews.com · Tue Aug 25 03:45:18 GMT 2026

नेपालको चुनावी इतिहासलाई पल्टाउँदा एउटा स्पष्ट र बारम्बार दोहोरिने प्रवृत्ति देखा पर्छ, जुन राजनीतिक शक्तिले जनआन्दोलन, विद्रोह वा परिवर्तनकारी लहरको नेतृत्व गर्छ, त्यसपछिको निर्वाचनमा मतदाताले प्राय: त्यही शक्तिलाई ऐतिहासिक जनादेश दिने गरेका छन्। २००७ सालको प्रजातन्त्र स्थापनापछि नेपाली कांग्रेसले पाएको लोकप्रियता होस्, २०४६ को जनआन्दोलनपछिको बहुदलीय व्यवस्थामा भएको निर्वाचन होस्, वा २०६३ को ऐतिहासिक जनआन्दोलनपछि माओवादीले पाएको अभूतपूर्व सफलता होस्, यो प्रवृत्तिले नेपाली मतदाताको एउटा गहिरो मनोविज्ञानलाई उजागर गर्छ, परिवर्तनको नेतृत्व गर्नेलाई नै सत्ताको नेतृत्व दिनु। यही ऐतिहासिक प्रवृत्तिको नवीनतम अध्याय बन्यो २०८२ को आम निर्वाचन।
आन्दोलनको नेतृत्व वा हिस्सेदार नभएको, बरु आन्दोलनपछि विभिन्न तहमा सबैभन्दा बढी आलोचना र अविश्वासको सामना गरेको राष्ट्रिय स्वतन्त्र पार्टीले अभूतपूर्व रूपमा दुईतिहाइ नजिकको जनमत हासिल गर्दै दशकौँदेखि सत्तामा एकाधिकार जमाउँदै आएका परम्परागत दलहरूलाई ऐतिहासिक पराजयको स्वाद चखायो। त्यसै निर्वाचनपछि बालेन शाहको संसदीय राजनीतिमा उदयसँगै नेपालको राजनीति नयाँ मोडमा प्रवेश गरेको देखियो। जेन-जी आन्दोलनको ऐतिहासिक लहरले नेपालको राजनीतिक चेतनालाई झक्झकाएको केही महिनापछि सम्पन्न निर्वाचनले देशको राजनीतिक परिदृश्यलाई आमूल रूपमा बदलिदियो।
स्रोतमा पूरा पढ्नुहोस् (nepalviews.com)