कुनै बेला ग्राहकको भीडले थिचिएको सल्लेरी, अहिले व्यापारीको आँखामा ग्राहकको प्रतीक्षा
kalakarmi.com · Tue Aug 25 03:57:08 GMT 2026

सोलुखुम्बु- सल्लेरी बजार–कुनै समय यस्तो थियो, जहाँ ग्राहकको भीडले व्यापारीलाई हैरान बनाउँथ्यो । आज त्यही सल्लेरीमा पसलहरू खुला छन् । तर ग्राहकको प्रतीक्षामा व्यापारीका आँखा थाक्न थालेका छन् ।
हिमाली जिल्ला सोलुखुम्बुको सदरमुकाम सल्लेरी कुनै समय निकै व्यस्त बजारका रूपमा चिनिन्थ्यो । कुनै समय यही बजारमा ग्राहकको भीडले व्यापारीलाई सास फेर्नसमेत फुर्सद हुँदैनथ्यो । होटलमा कोठा पाउन गाह्रो हुन्थ्यो । सरकारी कार्यालयहरू सेवाग्राहीले भरिभराउ हुन्थे । सडकमा मानिसको ओहोरदोहोरले बजार जीवन्त देखिन्थ्यो ।
स्रोतमा पूरा पढ्नुहोस् (kalakarmi.com)