सांसद ऐन महरको अभिव्यक्तिप्रति यातायात व्यवसायी महासङ्घको विरोध
ratopati.com · Tue Aug 25 04:00:50 GMT 2026

काठमाडौँ । नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघले प्रतिनिधि सभा सदस्य ऐन महरले सदनमा दिएको एक अभिव्यक्तिप्रति आपत्ति जनाएको छ। महासंघका अध्यक्ष पुण्यप्रसाद (सरोज) सिटौलाले एक विज्ञप्ति जारी गर्दै सांसद महरको भनाइको भर्त्सना गरेका हुन्।
अत्तरियामा भएको महाकाली यातायातको बस दुर्घटनाको विषयलाई लिएर सांसद महरले सदनमा 'चालकले गाडी ब्याक गरेर मारेको' भनी अभिव्यक्ति दिएका थिए। अध्यक्ष सिटौलाले उक्त अभिव्यक्ति तथ्यमा आधारित नभएको र यसले श्रमिकको भावनामा चोट पुर्याएको बताएका छन्।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)