नाडा अटो शो २०२६ आजबाट सुरु
ajakoartha.com · Tue Aug 25 04:03:00 GMT 2026

काठमाडौं– नेपालको अटोमोबाइल क्षेत्रको ठूलो प्रदर्शनी ‘१८औँ नाडा अटो शो २०२६’ आजदेखि काठमाडौंको भृकुटीमण्डपमा सुरु हुँदैछ। नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपालले आयोजना गरेको प्रदर्शनी भदौ ९ देखि १४ गतेसम्म सञ्चालन हुने अटो शोको उद्घाटन उपराष्ट्रपति रामसहाय प्रसादय यादवले गरेका हुन् ।
अटो शोमा दुईपाङ्ग्रे र चारपाङ्ग्रे सवारीसाधनसँगै विद्युतीय सवारी, कमर्सियल भेहिकल, टायर, ब्याट्री, चार्जिङ पूर्वाधार, स्पेयर पार्ट्स, लुब्रिकेन्ट्स, ग्यारेज उपकरण तथा अटोमोबाइल प्रविधिसँग सम्बन्धित उत्पादन प्रदर्शनमा राखिएका छन्। बैंक, वित्तीय संस्था र बीमा कम्पनीको सहभागिताले सवारी खरिदसँग जोडिएका वित्तीय तथा बीमा सेवासमेत एउटै स्थलबाट जानकारी लिन सकिने व्यवस्था गरिएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (ajakoartha.com)