भूकम्पले चर्काएको बस्ती पहिरोको जोखिममा
gorkhapatraonline.com · Tue Aug 25 04:01:20 GMT 2026

गत साउन ३० गते जाजरकोटको भेरी नगरपालिका–२ स्थित रिसाङमा ५४ वर्षीय उमाप्रसाद खत्री घरमै हुनुहुन्थ्यो। साँझ करिब ५ बजे एक घण्टाजति पानी पर्यो। भूकम्पले चर्किएको आँगन, शौचालय र घर पहिरोले बगायो। घरसँगै पहिरोले उमाप्रसाद र उहाँकी ८३ वर्षीया आमा रती खत्रीलाई पनि एकसाथ बगायो।
सोही पहिरोमा परेर स्थानीय ७० वर्षीय भीमबहादुर कार्की र ५२ वर्षीय केदार कार्कीले पनि अकालमै ज्यान गुमाउनुपर्यो। घटनामा १० जना घाइते भए भने १४ घर पुरिए। केही पशुवस्तु तथा घरमा रहेका अन्नपातसमेत पहिरोमा पुरिएका छन्।
स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)