देशभर वर्षा र हिमपातको सम्भावनाः कोशी, वागमती र गण्डकीका केही क्षेत्रमा भारी वर्षाको प्रक्षेपण
emountaintv.com · Tue Aug 25 04:13:51 GMT 2026

काठमाडौं । जल तथा मौसम विज्ञान विभागकाअनुसार आज देशभरको मौसममा साधारणतया बदली रहने देखिएको छ । देशका विभिन्न भू–भागमा मेघगर्जन र चट्याङ्गसहित वर्षा तथा उच्च हिमाली क्षेत्रमा हिमपातको सम्भावना रहेको छ । विभागले जारी गरेको मौसम पूर्वानुमान बुलेटिन अनुसार आज दिउँसो देशका हिमाली भू–भागका केही स्थानहरूमा मेघगर्जन र चट्याङ्गसहित मध्यम वर्षा तथा हिमपातको सम्भावना छ । पहाडी भू–भागका धेरैजसो स्थानमा मेघगर्जनसहित मध्यम वर्षा हुने अनुमान गरिएको छ । तराई क्षेत्रतर्फ वागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका केही स्थानहरूका साथै मधेस र कोशी प्रदेशका थोरै स्थानमा वर्षाको सम्भावना रहेको छ । विशेषगरी कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भू–भागका एक–दुई स्थानमा भारी वर्षा हुनसक्ने विभागले जनाएको छ । रात्रिकालीन समयमा पनि देशभर साधारणतया बादल लाग्नेछ । कोशी, वागमती र गण्डकी प्रदेशका हिमाली भू–भागका केही स्थान तथा लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली क्षेत्रका थोरै स्थानमा मध्यम वर्षा र हिमपातको सम्भावना छ । यसैगरी, कोशी, वागमती, गण्डकी र लुम्बिनी प्रदेशका पहाडी भू–भागका केही स्थान तथा कर्णाली र सुदूरपश्चिमका पहाडी क्षेत्रका थोरै स्थानमा मेघगर्जनसहित वर्षा हुने देखिएको छ । तराईतर्फ मधेशसहित कोशी, वागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही स्थान र सुदूरपश्चिमको तराईका थोरै स्थानमा मध्यम वर्षाको सम्भावना छ । राति पनि कोशी, वागमती र गण्डकी प्रदेशका पहाडी भू–भागका एक–दुई स्थानमा भारी वर्षाको सम्भावना कायमै रहने पूर्वानुमान गरिएको छ ।
Share this:
स्रोतमा पूरा पढ्नुहोस् (emountaintv.com)