इमरान खानको स्वास्थ्यबारे २१ पूर्वकप्तानको चिन्ता
annapurnapost.com · Tue Aug 25 04:10:18 GMT 2026

एजेन्सी/इस्लामावाद : पाकिस्तानका पूर्वप्रधानमन्त्री तथा क्रिकेट टोलीका पूर्वकप्तान इमरान खानको स्वास्थ्य अवस्थालाई लिएर विश्व क्रिकेटका पूर्वकप्तानहरूले चिन्ता र चासो व्यक्त गरेका छन्। भारतका चर्चित पूर्वकप्तान कपिल देव र सुनील गावस्करसहित २१ पूर्वअन्तर्राष्ट्रिय क्रिकेट कप्तानले पाकिस्तानका प्रधानमन्त्री सहबाज सरिफलाई पत्र लेख्दै जेलमा रहेका इमरानलाई मानवीय व्यवहार र उचित स्वास्थ्य उपचारको सुनिश्चितता गर्न आग्रह गरेका हुन्।
अगस्ट २३ मा पठाइएको उक्त पत्र इमरान खानको स्वास्थ्य परीक्षणसम्बन्धी पछिल्लो विवादपछि आएको हो। ७३ वर्षीय इमरानलाई केही दिनअघि इस्लामावादस्थित सरकारी अस्पताल लगेर स्वास्थ्य परीक्षण गरिएको थियो। परीक्षणपछि चिकित्सकहरूले उनलाई चिकित्सकीय रूपमा स्वस्थ रहेको निष्कर्ष निकालेका थिए। तर, पूर्वक्रिकेट कप्तानहरूले उक्त परीक्षण पाकिस्तानको सर्वोच्च अदालतले दिएको आदेशअनुसार पूर्ण रूपमा नभएको भन्दै प्रश्न उठाएका छन्।
स्रोतमा पूरा पढ्नुहोस् (annapurnapost.com)