छानबिन समिति गठन गर्न कोहलपुर नगरपालिका र सङ्घर्ष समितिबिच सहमति
gorkhapatraonline.com · Tue Aug 25 04:16:34 GMT 2026

बाँकेको कोहलपुर–११ स्थित शान्तिनगर क्षेत्रबाट विस्थापित भएको तीन महिनापछि फर्किएका बासिन्दा र कोहलपुर नगरपालिकाबिच वार्ता भएको छ। विस्थापितको व्यवस्थापनका लागि गठित सुकुम्वासी तथा अव्यवस्थित बसोबासी सङ्घर्ष समिति, कोहलपुर–बाँके र नगरपालिकाबिच सोमबार वार्ता भएको हो।
सङ्घर्ष समितिले यसअघि कोहलपुर नगरपालिकाले लगत सङ्कलन गरेका ७५१ भूमिहीन दलित, भूमिहीन सुकुम्वासी र अव्यवस्थित बसोबासीलाई जग्गाको पूर्ण स्वामित्व दिनुपर्ने माग गर्दै आएको छ। कोहलपुर नगर विकास समितिको स्वामित्वमा रहेको सरकारी जग्गा कुनै व्यक्तिले अतिक्रमण गर्न नपाउने र त्यहाँ अब कुनै पनि संरचना निर्माण गर्न नदिने नगरपालिकाको अडान छ।
स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)